शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चेपाङ समुदायले मनाए सामूहिक छोनाम पर्व

चेपाङ समुदायले मनाए सामूहिक छोनाम पर्व

  • 9.0K
    SHARES
  • धादिङ । चेपाङ समुदायको सबैभन्दा महत्त्वपूर्ण र ठूलो धार्मिक पूजा छोनाम (न्वाँगी) पर्व सामूहिक रूपमा मनाइएका छन। अन्य समुदायको प्रभाव र धर्म परिवर्तनले आफ्नो संस्कृति र पहिचानमा समस्या भएको भन्दै नेपाल चेपाङ संघले सक्रियतामा देखाउँदै केही वर्षदेखि सामूहिक छोनाम मनाउन थालिएको हुन । शुक्ल भदौ पूर्णिमामा चेपाङहरूले एक्लाएक्लै घरमा छोनाम मनाउँथे । प्रकृति पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गरेपछि छोनाम लोप हुँदै गएको थियो । नेपाल चेपाङ संघको गठन गरेपछि संघले प्रत्येक वर्षको भदौ २२ गते सामूहिक रूपमा छोनाम पर्व मनाउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार छोनाम पर्व मनाउँदै आएका छन् । संघले यो वर्ष मकवानपुरको कैलास गाउँपालिकाको सरिखेतमा सामूहिक रूपमा छोनाम पर्व मनाएका छन। चेपाङ समुदायले पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । उक्त पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायतका फलफूल भूमिलाई र पितृलाई चढाउने गरिन्छ । उक्त पर्वमा भोज खाने, सुखदुस्खका कुरा गर्ने र रातभर नाचगानको रमाइलो गर्ने चलन छ । एक वषर्मा नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठो मसिनो खाएर मुख फेर्ने गर्छन् । भीरपाखामा बस्ने यो जातिका पाखोपखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले चेपाङ समुदायले उक्त दिन छोनाम (न्वाँगी) पर्व धुमधुामसँग मनाउने गरेको नेपाल चेपाङ संघका केन्द्रि अध्यक्ष जितेन्द्र चेपाङले बताए। धादिङ ,चितवन ,मकवानपुर र गोरखाको पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङहरू यो विधिलाई छोनाम अर्थात् न्वाँगी भन्ने गर्छन् । छोनाम चेपाङ समुदायको मुख्य पर्व भएको संविधानसभाका पूर्वसदस्यसमेत रहेका चेपाङ अगुवा गोविन्दराम चेपाङ बताउनु भयो।
    २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - ०२:३६:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology