शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण

गल्छी गाउँपालिकामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण

  • 4.2K
    SHARES
  • गल्छि । गल्छी गाउँपालिकामा उत्कृष्ट बिद्यालय तथा बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम गरिएको छ । हामी सबैको प्रण, गुणस्तरीय शिक्षा प्रणालीमा सवलीकरण भन्ने मूल नारा सहित ४० औं राष्ट्रिय शिक्षा दिवस २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । गल्छी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षता तथा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधारको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा गल्छी गाउँपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट अंक हासिल गरि कक्षा आठ र एस.ई.ई परिक्षा-२०७५ उत्तीर्ण बिद्यार्थी र शिक्षकहरुलाई पुरस्कार सहित सम्मान गरिएको गल्छि गाउँपालिकाले जनाएको छ । गल्छी गाउँपालिकाका शिक्षा शाखाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र छात्राहरुबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - ०२:३३:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology