शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङद्धारा तसर्पूमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

सिड्स नेपाल धादिङद्धारा तसर्पूमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

  • 6.5K
    SHARES
  • सन्तोष सुवेदी तसर्पू । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका बिद्यालयका जोखिम युक्त बालबालिकाहरुलाई सुरक्षा स्वरुप बार्षिक शैक्षिक सामाग्री बितरण गरिएको छ । शैक्षिक सामाग्रीको अभाव, घरायसि वातावरणले वा अन्य कारणले बिद्यालय छोड्ने स्थितीमा पुगेका बिद्यार्थीहरु, टुहुरा एवम् अन्य कारणले बिद्यालय छाड्नु पर्ने स्थितीमा रहेका बालबालिकाहरुलाई लक्षित गरि यस शैक्षिक सामाग्री छात्रबृत्ति स्वरुप बितरण गरिएको एसभिसि परियोजनाका कार्यक्रम सँयोजक डिल बहादुर रम्तेलले बताउनुभयो । थाक्रे गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका महाकाली माध्यमिक बिद्यालय तसर्पु, लिति महाँकाल माध्यमिक बिद्यालय, आदर्श माध्यमिक बिद्यालय, शिब शँकर प्राथमिक बिद्यालय, शारदा आधारभुत बिद्यालय, काम्राङ आधारभुत बिद्यालय, सुन्दरी आधारभूत बिद्यालय, चण्डीभूमी आधारभुत बिद्यालय लगायत ८ वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । शैक्षिक सामाग्री पाउनेमा जम्मा ३९ जना रहेका छन् । झोला, कापी, कलम, पेन्सिल, ईरेजर, बिद्यालय पोषाक, जुत्ता, गरि एक जना बराबर ३ हजारको सामाग्री बितरण गरिएको परियोजना सँयोजक डिलबहादुर रम्तेलको भनाई छ । यस परियोजनाले बिद्यालय बिचमै छाड्ने बिद्यार्थीहरुको सँख्यामा कमी आएको छ । बिषेश गरि जोखिममा रहेका बालबालिका पढाई बिचमै छाड्नु पर्ने अबस्थाका बालबालिकाहरुलाई यसले महत्वपुर्ण भुमीका खेल्ने सिड्स धादिङ नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिको भनाई रहेको थियो । यस परियोजनाले मँगलबार थाक्रे गाउँपालिका वडा नम्बर ६ र २ मा रहेका जनजागृति माध्यमिक बिद्यालय र महाकाली माध्यमिक बिद्यालय सिम्लेमा पनि यसै किसिमको शैक्षिक सामाग्री बितरण गर्ने यस परियोजनाकी सामाजिक परिचालिका सपना प्याकुरेलले जानकारी दिनुभयो । सोमबार सञ्चालित छात्रबृत्ति कार्यक्रममा प्रमुख अतिथीका रुपमा थाक्रे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश वाईवा तामाङ रहनुभएको थियो भने बिषेश अतिथीमा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति र थाक्रे गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य रजनी लामा रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले यस्ता परियोजना र छात्रबृत्तिले बालबालिकाहरुको पढाईमा एकाग्रता ल्याउनुका साथै अझ लगनशिलता हुने प्रेरणा मिल्ने बताउनुभयो । यसैगरि यसरी परियोजना अन्तर्गत जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको धन्यवाद समेत दिनुभएको थियो । सिड्स नेपाल धादिङ, एसभिसि परियोजनाको आयोजनामा सञ्चालित कार्यक्रममा युएमएनको साझेदारीको रुपमा रहेको थियो । २०७६ भाद्र २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - ०४:४८:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology