आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काम्राङ गुम्बा टोल देखि टिस्टुङ जगडाँडा सम्मको कृषि सडक मर्मत एवम् सरसफाई

काम्राङ गुम्बा टोल देखि टिस्टुङ जगडाँडा सम्मको कृषि सडक मर्मत एवम् सरसफाई

  • 5.2K
    SHARES
  • सन्तोष सुवेदी धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ काम्राङमा सडक मर्मत एवम् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे ४ काम्राङ गुम्बा टोलबाट मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ टिस्टुङ जगडाँडा सम्मको कृषि सडकलाई मर्मत एवम् बिस्तार गरिएको हो । थाक्रे गाउँपालिका वडा नम्बर ४ मा रहेको लाली गुँरास कृषक समुहको आयोजना तथा नागरिक सचेतना, कृषि, जिविकोपार्जन, सामुदायिक सँस्था र काम्राङ बृहत् खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको समन्वयमा सडक मर्मत एवम् बिस्तार गरिएको लाली गुँरास कृषक समुहका सदस्य हिरालाल तामाङले जानकारी दिनुभयो । थाक्रे गाउँपालिका वडा नम्बर ४ लगायतका कृषकहरुले उत्पादन गरेका तरकारी एवम् अन्य खाद्यान्न बिक्री स्थलसम्म लैजाने समस्यालाई मध्यनजर गर्दै बाटोको मर्मत गरिएको हो । बर्षाको पानीले अधिकाँस स्थानमा सडक अबरुद्ध हुँदा करिव एक घण्टा हिँडेर कृषकले तरकारी बजार सम्म पुर्याउनु पर्ने बाध्यता रहेको थियो । आफुले उत्पादन गरेका बस्तु तथा बजारबाट घरायसि सामान ल्याउन पनि सास्ती पर्ने गरेको लाली गुँरास कृषक समुहका सदस्य हिरालाल तामाङको भनाई छ । लाली गँुरास कृषक समुहका सहसचिव सूर्यबहादुर तामाङको अध्यक्षतामा सञ्चालित सरसफाई कार्यक्रममा ३० जना कृषकहरुको सहभागीता रहेको थियो । उक्त अभियानमा प्रत्येक महिनाको एक दिन सडक मर्मत एवम् सरसफाई गरिने समेत प्रतिबद्धता जनाईएको छ । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - २०:३७:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology