नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका २ फाँटापौवामा कुकुर आँतक मच्चिएको छ । बुधबार मात्र कुकुरले ९ जनालाई टोकेको स्थानिय दिपेश तिमल्सिनाले बताएका छन् । उनका अनुसार स्थाानिय राधिका न्यौपाने, कुमार न्यौपाने, अँकित तिमल्सिना, बिमला राई, दुर्गा पौडेल, सदिक्षा खतिवडा लगायत ९ जनालाई एउटै कुकुरले टोकेको हो ।
कुकुरले टोकेर बिरामी भएकाहरुलाई स्वास्थ्य सँस्था तथा काठमाण्डौँ लगिँदै छ । कुकुरले टोकेपछि रेबिज रोग विरुद्धको खोप लगाउने गरिन्छ । वडा अध्यक्ष रमेश प्रसाद न्यौपानेले आफुलाई पनि कुकुरले स्थानियलाई टोकेको जानकारीमा आएको बताए । उनले आफ्नो परिवारको सदस्यलाई पनि कुकुरले टोकेपछि उपचारका लागि काठमाण्डौँमा रहेको बताएका छन् ।
२०७६ भदौ २५ गते प्रकाशित