आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रसुवाको राम्चे भिर नजिक सडक भासियो, राजमार्ग पुर्णरुपमा बन्द

रसुवाको राम्चे भिर नजिक सडक भासियो, राजमार्ग पुर्णरुपमा बन्द

  • 4.2K
    SHARES
  • रसुवा । रसुवाको पासाङ ल्हामु राजमार्ग बुधबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ । अबिरल वर्षाका कारण बुधबार साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले बताईन् । सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईको भनाई छ । राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान रहेको छ । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १५:५०:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology