आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘आमा’ को छायांकन सम्पन्न, महाशिवरात्रीमा रिलिज हुने

‘आमा’ को छायांकन सम्पन्न, महाशिवरात्रीमा रिलिज हुने

  • 4.3K
    SHARES
  • काठमाडौं । दीपेन्द्र के। खनाल निर्देशित चलचित्र ‘आमा’ को छायांकन सकिएको छ । यो फिल्म ७२ दिन लगाएर छायांकन गरिएको निर्माण टिमले जानकारी दिएको छ । असार १६ गतेबाट छायांकन थालिएको यो चलचित्र लामो समय लगाएर छायांकन गरिएको हो । चलचित्रका केही दृश्य झरी परेको बेलामा खिच्नुपर्ने भएकाले ती दृश्य बेलैमा छायांकन गर्न नसकिएको निर्देशक खनालले बताए । आमाको ममतामाथि आधारित यो फिल्ममा मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यही चलचित्रका लागि अभिनेत्री सुरक्षा पन्तले कपाल मुण्डन समेत गरेकी थिइन् । महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - २३:१२:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology