आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियो पुर्दा चालकको मृत्यु

सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियो पुर्दा चालकको मृत्यु

  • 5.6K
    SHARES
  • बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन्। लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बिहान ११ बजे गएको पहिरोमा पुरिँदा स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा ६ यात्रु घाइते छन्। त्यसमध्ये दुई यात्रुको अवस्था गम्भीर छ। जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल आउँदै थिए। घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ। २०७६ भदौ २७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - २०:१६:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology