शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा विन लादेनका छोराको हत्या भएको पुष्टि

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा विन लादेनका छोराको हत्या भएको पुष्टि

  • 4.2K
    SHARES
  • काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओसामा विन लादेनका छोराको हत्या भएको पुष्टि गरेका छन् । लादेनका छोरा हम्जा विन लादेन ‘अमेरिकी आतंकवादविरोधी कारवाहीको क्रममा अफगानिस्तान–पाकिस्तानी क्षेत्रमा’ मारिएको जनाएका हुन् । ट्रम्पले शनिबार एक विज्ञप्ति नै जारी गरी उक्त खबरको पुष्टि गरेका हुन् । ट्रम्पले उनको मृत्यु कहिले भएको भन्नेबारे भने खुलाएका छैनन् । हम्जा लादेनका छोरा मात्रै नभएर अल क्वायदाका नेता पनि थिए । गत महिना मात्रै उनको हत्या भएको खबर सार्वजनिक भए पनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक यसबारे औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन् । यस क्रममा ट्रम्पले विभिन्न आतंकवादी समूहसँग साँठगाँठ गरेकोमा हम्जा जिम्मेवार भएको बताए । २०७६ भदौ २९ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - १५:५७:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology