आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

छुट्टा छुट्टै सवारी दुर्घटनामा तिन जनाको मृत्यु

छुट्टा छुट्टै सवारी दुर्घटनामा तिन जनाको मृत्यु

  • 6.3K
    SHARES
  • काठमाण्डौँ । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो। यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो। यस्तै सर्लाहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ५० वर्षीय ईन्द्र बहादुर कुशवार रहेका छन् । गए राति साढे ११ बजे बा.३१प.६८०२ नं.को मोटरसाइकलले पैदल यात्री कुशवारलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कुशवारलाई उपचारको लागि एडभांस संजिवनि अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । २०७६ भदौ २९ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - २०:२८:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology