काठमाण्डौँ । नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत महिला चलचित्रकर्मी सशक्तिकरण समितिद्वारा लघु चलचित्र "सेल्युट" को निर्माण शुभारम्भ गरिएको छ । चलचित्रमा नयाँ पुस्ताका महिला चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।
जस मध्ये विभिन्न चलचित्र सम्बन्धी अध्यापन गराइने फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेज, नेपाल फिल्म एकेडेमी, एभरेष्ट फिल्म एकेडेमी, आभाष लगायत स्वतन्त्र रुपमा चलचित्र क्षेत्रमा काम गर्न इच्छुक महिला चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।
सबु सुवेदीको लेखन रहेको चलचित्रको छायाकंन संजिता लामा र प्रिया राजकर्णिकारको रहने छ । निर्देशन आशुका अर्याल, अम्बिका भण्डारी, मेरोन राजभण्डारीले गर्नेछन् भने सम्पादन मनिषा धमलाको रहनेछ ।
लघु चलचित्र पारिवारीक कथामा करियरप्रति आपसी प्रतिस्पर्धाको बारेमा रहेको जनाईएको छ । चलचित्रमा कलाकारहरु मोहन राई, सेसुका राई, वसन्तराज रिजाल, चन्द्रा थापा, थमान सिंह पूर्जा पून, विष्णु ठकुरी, ओमकृष्ण भण्डारी, समिर नेपाल, सागर रौनियार लगायत रहेका छन् ।
२०७६ भदौ ३० मा प्रकाशित