आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मेरी प्यारी प्लास्टिक

मेरी प्यारी प्लास्टिक

  • 6.1K
    SHARES
  • फ्रिडम प्रिन्स काठमाडौँ । भर्खर नया किनेको मेरो तयारी बिछौनालाई तिमी बेरेर आएकी थियौ साझको समय घर मा आएकी तिमिलाइ खोलेर फाल्न जागर चलेन केही दिन रहन दिन पर्यो खाडिको रास्ट्रीय जनावार बाट बचाउछौ एस्तै सोच्दै रहन दिए तर तिमी एति निस्ठुरी मलाइ सितलता देउला भनेको रातभरी तातिरह्यौ म एताउता कोल्टे फेर्दा पनि बर्बराउछौ उता फर्कदा पनि चुइकिन्छौ जबरजस्ती मागी बिबाहको पहिलो रातको दुलही जस्तो तिमिलाइ केही थाहा छैन र मैले शान्तिले सुत्न पाउनु पर्छ भनेर । मध्यरातमा त तिमिले उधुम नै मच्चायौ रुम पार्टनरको हातमा केलाई बोकेर आएको थियौ सरर सरर्क स्यार स्यार उफ तिम्रो कोकोहालो निन्द्रामा तिम्रो कर्कस सुनेर म मुरमुरिदै थिए बिहान उठने बितिकै के मा आएकी छौ निकालेर फालिदिन्छु एस्तै सोच्दै टोलाइरहे बिहान बिहान फेरि तिमी कान खाने आवाज निकालेर बरबरायौ तिम्रो आवाज बन्द गर्न घडिको कान निमोठ्न्न खोज्दै थिय त्यसमा पनि तिमी नै बेरिएको रैछौ बाहिरी छाला बनेर मेरो निन्द्रा भङ भयो तिम्रो तन छोएर । दिन शुरु गर्न उठनु त थियो नै आदत मेरो उठ्ने बितिकै निकोटिनवाला खजना चाहिने छामछुम पारे तिमी नै बज्यौ चरक्क गरेर जसै तिमी बज्यौ तिम्रो मुख च्यातेर एक चिम्टी मुखमा च्यापे रुममेट ले झर्को मान्दै कोल्टे फेर्यो नजिकैको बिछ्यौनामा खजनाको जोश लिएर जसै उठे अधबैंसे पत्नी जस्तो ट्यारट्यार गर्दै थियौ उठे पछि थोरै पानी पिउने बानी लाई निरन्तरता दिने बानी मेरो खोज्दै थिए अध्यारोमा गजधुम्म परेको तिम्रो जार कुनामा थियो जगरुपि सन्तान पनि नजिकै जार लाई छोए जार ठस्किने जग लाई छोए जग ठस्किने । मेरो नित्य कर्म को तयारी तिम्रो साथ बिना अपुरो प्लास्टिकको ट्युबलाई निचोरेर निकालेको मन्जन प्लास्टिकको ब्रुसमा लत्काउदै थाले दात घोट्न खोले प्लास्टिक को धारो थापे पानी प्लास्टिक को जगमा बस तिम्रो सन्सर्ग ले मलाइ अमिलो ताजगी दिएको महसुस सङै तिम्रै डब्बामा कोचेको दाल भात तरकारी बोकेर लागे कार्यक्षेत्र तिर लिफ्टका बटन तिम्रा थिए सवारिको सिटमा तिमी थियौ यत्रतत्र सर्वत्र । कार्यक्षेत्र पुगेको जनाउ गर्ने हाजिरी मसिन लाई तिमिले बेरेर राखेकी थियौ दिनभर तिम्रो स्पर्श बिना मेरो काम अपुरो नै रहन्छ मैले दवाउने किबोर्डका बटन हरु तिम्रै कडक जातका बिहानिको खाना खान जान्छु आँखा अगाडि पहिले तिमिलाइ देख्छु फ्रीजका ह्यान्डल अनि भित्रका तिम्रा तला हरु तिमिलाइ निकालेर तताउन खोलेको ओभनको ह्यान्डल मा किन तिमी मेरो जीवन को भित्र सम्म गाडिन पुग्यौ भन्ने गम्भिर सोचमा डुबेछु दया लागेछ तिमिलाइ मेरो बिरहमा पग्लिएर ध्यान भङ गर्ने गन्ध फाल्दैरैछौ ओभन खोल्दा तिमी त प्ल्यातपुलुत के सकस दियौ नि तिमिले आज मलाइ भोकै राखिदियौ । म अवाक्क भएको थिए तिमी सङको सम्बन्धले मलाइ लाग्यो तिमिसङ को सम्बन्ध तोड्नै पर्छ त्यसैले म आफ्नो मौलिकता पछ्याउन आफ्नै थातथलो फर्कने सुरसार कस्न थाले तर उफ मैले बोकेका गुन्टामा पनि तिम्रै बर्चस्व हुन पुग्यो जहाजमा बसिरह्दा तिमिलाइ तिम्रै सहरमा छोडेर भुलिसकेको थिए छेउमै बुढी आमा युरोप घुमेर फर्कदै गरेको उडान रैछ सिटबाट खुसुक्क बोल्नु भयो बाबु नेपाली हो मैले टाउको हल्लाए उहाले सुरु गरिहाल्नु भयो बाबू हेरन चढे देखि नै वाक वाक लागेको छ मलाइ भन्न नि आएन खलासी सङ प्लास्टिक मागिदेउ न मैले भने आमा यो जहाज हो केही हुदैन तपाइलाइ भ्रम भएको हो यहाको बाताबरण त्यस्तो नहुने हिसाबले बनाएको हुन्छ कहाँ यो लोकल बस हो र प्लास्टिक पाउनु उहाँ चुप बस्नु तर मेरो दिमाखमा फेरि तिमिलाइ रोपिदिएर उडान को केही समय पछि परिचारिका हरु खाना लिएर आइपुग्छन साथमा तिमी पनि पेयको गलास बनेर खाना को साथमा चम्चा प्लेट बनेर भाग्दै गरेको म फेरि परे फन्दामा । ओर्लिए मेरै मौलिकताको खोजिमा जन्म भुमी ओहो तिम्रो बिकराल रुप सडक पेटि पसल जताततै तिम्रो बिकराल रुप अनि तिमिले कुरुप बनाएको मेरो शहर म अझै भाग्दै गए मेरो गाउ ठाउँ ठुला ठुला टनेल बनेछन तिमिले ढाकेर बसेकी थियौ परालको माच जस्ताको छाना मुनि रुखमा तिमी नै झुन्डिएकी बारिको पाटो खेतको आलि तिमिलाइ देखेर मेरो पागलपनको सिमा नाघ्दै थियो चिप्लेर लडे मलाइ लडाउने तिमी नै थियौ पल्टिए तल केही जमिन खोस्रीयो माटो मुनि तिमी नै ङिन्च हास्दै थियौ सायद तिमी एति सस्तो रहेछौ सबले तिमिलाइ अङालेछन तर म चाहदिन तिमिबाट छुटकारा मात्र चाहन्छु । उफ तिमिलाइ साथ लिए सङै मैले र मेरो समाजले के मात्र गुमाएनन बिचरा तिनिहरुको दोष के थियो आज म लगाएत मेरो समाजले सजिवन सिमलिको डाठ लाइ नकारो ढलौट को करुवा अम्खोरा गुमायो चरेशको थाल गुमायो कासको गिलास कचौरा गुमायो पितलको कोपरा गुमायो काठको ठेकी गुमायो बाबियो पाटको डोरि गुमायो तामाको गाग्री घ्याम्पो गुमायो माटोको घैटो गुमायो काठको फलैचा गुमायो परालको गुन्द्री सुकुल गुमायो कुशको चकटी गुमायो तामाको माना पाथि गुमायो काठको पिर्का गुमायो सालको पातको दुना टपरी गुमायो यी त साधारण उदाहरण मात्र हुन तिमि र तिम्रा सन्ततिले मेरो मौलिकता माथी आक्रमण गर्यौ समाजले चुपचाप सहन गर्यो उनिहरुलाइ तिम्रो दासत्व स्विकार होला तर म चुप बस्दिन । मैले तिमी बिरुद्द बिद्रोह गर्ने निर्णय गरे तिम्रो साम्राज्य बिरुद धावा बोल्ने निर्णय लिएर कानुनी सहारा लिन अदालत पुगे अदालत मा मलाइ परेको पीडा बताउन बोलाइयो त्यहा काठको कठघरा थिएन बस तिमिले बार बनाएर बसेकी रैछौ तिमी बिरुद बयान दिरहदा साथमा तिमी नै थियौ एथेस्ट प्रमाण तिम्रो सामन्तबादी चरित्र बिरुद् जुटेको कारण तिमिलाइ सम्पुर्ण रास्ट्र्ले बहिस्कार गर्ने घोषणा न्यायाधीश ज्यु बाट तिमिले बेरिएको कलम बाट कागज मा लेखी घोषणा गरिदिनु भयो मैले एस्तो जित जितेको थिए जहाँ मेरै हार थियो हो मैले हारे । हो मैले हारे जितेर पनि हारे तर म यो हार लाई कदापी स्विकार्ने छैन म तिमिलाइ तिरस्कार गरेर छाड्नेछु आखिर तिम्रो साथ गृहस्थ जीवन चलाउन्जेल न हो मैले अठोट गरे मैले बनप्रस्थ साधु जीवन बिताउनु पर्छ एस्तो जीवन जहाँ तिम्रो सहरा त के मुहार पनि हेर्न पर्ने छैन सुनसान शान्त जङलमा जहाँ को धर्ती को छाती खोपी माटोको गाग्री गाड्नेछु त्यसैमा भरिएको शितल जलले मेरो आत भिजाउनेछु एक छाक शाहकारी भोजन ढुङाको ताउमा बनाउने छु म सङ मात्र मेरो प्रकृति हुनेछिन मात्र मेरो प्रकृति शान्त मन शितल बन । मलाइ सितलता र सिरेटोले एति सताउछ कानमा उस्तै किरिङ किरिङ घण्टी आवाज राती कतिबेला ब्लान्केट पाखा लागेर एक पाखो सरिर एसि को हावाले आइस बनाउन थालिसकेछ मजदुरी गर्न जाने समयको लागि उहि घडि बज्दै रहेछ बस उहि चक्र घुम्दैछ । जय प्लास्टिका ।
    २०७६ भाद्र ३१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७६ मंगलवार - २२:१९:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology