शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१२ वर्षपछि फिल्म निर्देशनमा फर्किँने तयारी गर्दै दाहाल

१२ वर्षपछि फिल्म निर्देशनमा फर्किँने तयारी गर्दै दाहाल

  • 5.9K
    SHARES
  • काठमाडौं । ‘बगेको खोला १२ वर्षपछि फर्किन्छ’ भन्ने उखान जस्तै १२ वर्षपछि सञ्चारकर्मीका रुपमा चर्चित भूषण दाहाल फिल्म निर्देशन फर्किने भएका छन् । उनले १२ वर्षअघि फिल्म ‘कागबेनी’ निर्देशन गरेका थिए । जुन फिल्म नेपालको पहिलो डिजिटल फिल्म रहेको थियो । नेपाली फिल्ममा डिजिटल यात्राको सुरुवात गर्ने निर्देशक दाहालले विस २०६४ सालमा ‘कागबेनी’ निर्देशन गरेका थिए । त्यसपछि फाट्टफुट्ट म्यूजिक भिडियोको निर्देशन गरेका दाहाल निर्देशनबाट टाढा रहँदै आएका थिए । दाहालले तिहारपछि फिल्मको छायांकन सुरु गर्ने भएको जनाइएको छ । फिल्ममा कान्तिपुर मिडिया ग्रुपको लगानी हुने बताइएको छ । तर, आधिकारिक पुष्टि भएको छैन । हाल उनी कान्तिपुर टेलिभिजनको प्रमुख छन् । २०७६ असोज १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - ०५:३७:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology