शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजश्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

राजश्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

  • 4.2K
    SHARES
  • काठमाण्डौँ । चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ। गत आर्थिक वर्षदेखि नै बजेटमा लक्षित राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ। बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ। गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ। गत आवको तुलनामा सरकारले चालु वर्षको बजेटमा वैदेशिक ऋण प्राप्त गर्ने अनुमान बढाएर दुई खर्ब ९८ अर्ब रुपैयाँ पुर्‍याएको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्री बजेटले अनुमान गरेका लगानीका स्रोतको अवस्था कमजोर देखिएकाले बजेटमा अनुमानअनुसारको स्रोत परिचालन हुनेमा आशंका व्यक्त गर्छन्। ‘सरकारले बजेटमा लगानीको स्रोत व्यवस्थापनमा गरेको आँकलन यो वर्ष पनि कमजोर हुने देखिन्छ,’ उनले भने, ‘जसले गर्दा बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको छ।’ अन्नपुर्ण पोष्टमा खबर छ । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १५:३९:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology