शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फिल्म प्रदर्शनअघि नै ‘कबड्डी कबड्डी कबड्डी’ हिट

फिल्म प्रदर्शनअघि नै ‘कबड्डी कबड्डी कबड्डी’ हिट

  • 5.9K
    SHARES
  • काठमाडौं । यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ भोली शुक्रबारदेखि देशभरि एक साथ प्रदर्शनमा आउन भएको छ । यसका लागि ‘कबड्डी कबड्डी कबड्डी’ले एड्भान्स बुकिङ खुला गरिएको छ । यस फिल्मले काठमाडौंको पाँच स्टेशनबाट ३७ शोज पाएको छ । यसअघि कुनै नेपाली फिल्मले यति संख्यामा शोज पाएका थिएनन् । यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक शो ‘छक्का पञ्जा ३’ ले पाएको थियो । छक्का पञ्जा ३ ले ३१ शोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले मंगलबारदेखि नै एडभान्स बुकिङ खुला गरेको हो । बुकिङ खुलेसँगै दर्शकले सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । फिल्मका निर्देशक रामबाबु गुरुङले गरेका छन् । फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १६:१७:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology