शिवराज आचार्य
गजुरी । गजुरी गाउँपालिकाको आयोजनामा संविधान दिवसको अबसरमा आज प्रभात फेरि कार्यक्रम सम्पन्न भएको छ। प्रभात फेरि कार्यक्रम गाउँपालिका कार्यालय बाट शुरु भई गजुरी बजार परिक्रमा गरि गाउँपालिका भवनमा गएर कार्यक्रम समापन भएको हो । गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो। प्रभात फेरि कार्यक्रममा संविधान नेपालको मुल कानुन हो, नेपालको संविधान विश्वकै महान् , नेपालको संविधान जनताको वलिदान लगाएतको नाराहरु लगाइएको थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,उपाध्यक्ष सिता ढुङगाना ,८ वटै वडाका वडा अध्यक्ष , इलाका प्रहरि कार्यालय गजुरीका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेकपा गजुरी गाउँपालिका अध्यक्ष, नेपाली काङ्ग्रेस गजुरि गाउँपालिका सभापति, सहकारी , महिला सञ्जाल , बाल सञ्जाल हरुको सहभागीता रहेको थियो ।
२०७६ असोज ०३ गते प्रकाशित