महेश्वर सुबेदी
महादेबबेशी । पाँचौँ संविधान तथा राष्ट्रिय दिवस मुलुकभर विभिन्न कार्यक्रम गरीमनाइँदैछ ।संविधान दिवसको अबसरमा धादिङको थाक्रे गाउँपालिकाले एक कार्यक्रम गरी गाउापालिकालाई अनिबार्य र निशुल्क शिक्षा घोषणा गरेको छ। संविधानमा मौलिक हकका रुपमा ब्यवस्था गरिए अनुरुपको निशुल्क शिक्षा पाउने हकको ब्यवस्था भए बमोजिम गाउँपालिकाले यस्तो कार्यक्रम गरेको हो । नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ बमोजीम सबै समुदायका बालबालीहरु लाई सरकारी तथा गैर सरकारी संस्था र अन्य सरोकारवालाहरुको समन्वय र सहकार्यमा गाउापालिका लाई आधारभूत तह सम्मको शिक्ष अनिबार्य र निशुल्क गरिएको छ भने माध्यमिक सम्मको शिक्षा निशुल्क घोषण गरिएको छ । अनिबार्य र निशुल्क शिक्षा कार्यक्रममा सबै सरोकारवालाहरुको समन्वयमा गरीएको कहिँ कतै कुनै पनि बालबालीका शिक्ष लिनबाट बन्चित भएको पाईएमा गाउँपालिकालाई जानकारी दिन आग्रह गर्नु भयो ।

अनिबार्य तथा निशुल्क शिक्षा घोषण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कंडेलले शिक्ष क्षेत्रलाई संविधानमा नै मैलिक हरुको रुपमा लिएको र यसको कार्यन्यन स्थानिय तहले नै गर्नु पर्ने भएकाले गाउँपालिकाको यो कार्यक्रम सह्रानिय भएको बताए । साथै उहाँले संविधान कार्यन्यनमा केन्द्र तथा प्रदेश सरकार भन्दा स्थानिय तह महत्वपूर्ण अंग भएकाले आफ्ना नागरिकहरु लाई हक अधिकार दिलाउन स्थानिय तहहरु जिम्बेवार हुनु पर्ने बताए ।

गाँउापालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका रुपाखेतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, नेकपा ३ नम्वर प्रदेश कमिटि सदस्य दिपक लामिछाने, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, गैसस महासघंका केन्द्रीय सदस्य गोकर्ण रूपाखेती लगायतले मन्तव्य राख्नुभएको थियो ।

अहिलेको संविधान ल्याउनका लागी तत्कालीन १० वर्षे शसस्त्र द्रन्द पछि शान्तिपुर्ण राजनितिक यात्रामा आएको तत्तकालीन नेकपा माओबादी र प्रजातान्त्रिक राजनितिक दलहरुको संंयुक्त सहभागितामा गरिएको २०६२ ६३ को जनाआन्दोलन नै प्रमुख आधार हो । जनाआन्दोलनको जगमा आएको सबिधान २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवस मनाइन्छ । दिवसको अवसरमा देशभर संघिय, प्रदेश र स्थानीयतहरुमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
२०७६ असोज ०३ गते प्रकाशित