शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाद्धारा महानगरमा अध्यक्ष र सचिवको टुँगो

नेकपाद्धारा महानगरमा अध्यक्ष र सचिवको टुँगो

  • 4.5K
    SHARES
  • काठमाण्डौँ । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको एकिकरण सकेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महानगरको अध्यक्ष र सचिव पनि टुंगो लगाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले ६ वटै महानगरका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । सचिवालयले काठमाडौं महागरपालिकामा अध्यक्ष निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन गरेको छ । ललितपुरमा अध्यक्ष मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य, पोखरामा अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरमा अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा, वीरगञ्जमा अध्यक्ष रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा, विराटनगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की चयन भएका छन् । बाँकी रहेको एकीकरण टुंग्याउने अर्को बैठक चाँडै बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७६ आइतवार - ०४:२३:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology