शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गुगल अर्थको सहाराले २२ बर्ष अगाडीको शव गाडी सहित फेला

गुगल अर्थको सहाराले २२ बर्ष अगाडीको शव गाडी सहित फेला

  • 6.6K
    SHARES
  • काठमाण्डौँ । फ्लोरिडास्थित व्यक्तिले गूगल अर्थको सहाराले २२ बर्ष अगाडीको शव गाडी सहित फेला परेको छ । मृतकको नाम मोल्ड्ट भएको समेत पत्ता लागेको छ । उनी ४० वर्षका हुदा गायब भएको खबर आएको थियो । १९९७ नोभेम्बर ८ मा गायब भएका थिए । एक व्यक्तिले गूगलको सहारा लिएर घर पत्ता लगाउन खोज्दा अचानक नयाँ वस्तु देखे । उनले तलाउमा कार रहेको देखेपछि त्यसबारे सोधखोज गरे । यसपछि प्रहरीलाई जानकारी गराइयो, प्रहरीले खोजतलासका क्रममा दुई दशक देखि शवको हड्डी कार भित्रै रहेको पुष्टि गरिएको थियो । व्यक्तिले आफ्नो घर ओरिपरिको दृश्यहरु गुगलबाट हेर्दै र खोजि गरिरहेको थिए । अझै नजिकको तस्बिर लिनेको लागि ती व्यक्तिले ड्रोनलाई पानी भित्र लगेका थिए गाडी नै हो भनेर पुष्टि समेत गरेका थिए । प्रहरीले उक्त गाडीलाई निकालेको थियो । मृतकको हड्डी गाडी भित्र रहेको समेत बताएका थिए । एजेन्सी २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७६ आइतवार - ०४:३६:०२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology