शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘मलाई कसैले राम्रो फिल्म अफर गर्दैन’

‘मलाई कसैले राम्रो फिल्म अफर गर्दैन’

  • 5.1K
    SHARES
  • एजेन्सी । बलिउड फिल्मको विषयलाई लिएर हेर्ने हो भने नुसरत भरुचालाई लक्की मान्नुपर्छ । प्यारका पन्चनामा, सोनुके टिटुकी स्विटीले बक्स अफिसमा राम्रो गरेका थिए । र, अहिले ड्रिमगर्ल नामको फिल्मले पनि राम्रो गर्ने देखिएको छ । तर, यस्तो हुँदाहुँदै पनि नुसरतको ठूलो गुनासो छ । भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले गुनासो गरेकी छिन् कि उनलाई राम्रो फिल्मको अफर कसैले पनि गर्दैनन् । ‘मलाई किन हो राम्रो फिल्मको अफर नै आउँदैन,’ उनले भनेकी छिन्, ‘तर, गरेका मेरा फिल्म चाहिँ राम्रो नै भइरहेका छन् ।’ यतिमात्र होइन, उनले बलिउडमा विभिन्न विषयमा अनेक अफवाह चल्ने पनि बताइन् । पछिल्लो समय नुसरतको नाम निर्देशक लव रन्जनसँग जोडिएको थियो । त्यसलाई पनि उनले अफवाहको संकेत दिएकी छिन् । २०७६ असोज ०६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७६ सोमवार - १८:०४:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology