आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा सुरुङमार्ग निर्माणको सम्झौता, ४२ महिनाभित्र निर्माण सम्पन्न हुने

नागढुंगा सुरुङमार्ग निर्माणको सम्झौता, ४२ महिनाभित्र निर्माण सम्पन्न हुने

  • 7.4K
    SHARES
  • काठमाडौं । काम थालेको ४२ महिनामा निर्माण पुरा हुने गरि धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जिम्मा जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार तिहारपछि सुरुङमार्ग निर्माणको काम थालिने भने आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्ने छ । खरेलले करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको बताएका छन् । यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ । सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको बताए ।विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । यो सुरुङमार्ग दुबैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्कोपट्टी एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने जनाईएको छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ । नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । यसका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ । तर, स्थानीयबासीसँग विवाद टुंगिएको छैन । सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन । डीपीआर तयार भइसकेको सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । २०७६ असोज ०६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७६ मंगलवार - ०१:४१:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology