शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पुमा रहेको प्रेम सागर फाउण्डेशनलाई प्रेम गित-३ का नायक राउतद्धारा नगद सहयोग

तसर्पुमा रहेको प्रेम सागर फाउण्डेशनलाई प्रेम गित-३ का नायक राउतद्धारा नगद सहयोग

  • 11.5K
    SHARES
  • धार्के । धादिङको थाक्रे ५ तसर्पुमा रहेको प्रेमसागर फाउण्डेशनलाई चलचित्र प्रेम गित ३ का नायक मनिष राउतले आर्थिक सहयोग गरेका छन् । मँगलबार एक कार्यक्रमको आयोजना गरी जनभोजन कार्यक्रमका लागि रविन्द्र सुबेदी मार्फत राउतले नगद ३० हजार रकम हस्तान्तरण गरेको फाउण्डेशनका व्यवस्थापक भोला राउतले बताए । कार्यक्रममा प्रेमसागर फाउण्डेशनले कामराङ प्राथमिक विद्यालयलाई वडा नम्बर ४ का अध्यक्ष गणेश तामाङ मार्फत एक सेट कम्प्युटर पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा थाक्रे ५ का वडा अध्यक्ष भुमि तामाङ, थाक्रे ४ का वडा अध्यक्ष गणेश तामाङ, थाक्रे गाउँपालिका सदस्य रजनी लामा, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु गौतम, लिती महाकाली माविका रवि पौडेल, शिवशँकर प्रा.विका मुना तामाङ लगायतको पनि उपस्थिती रहेको थियो । २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - ०२:२२:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology