शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘सम्हाली राख है’ कार्तिक २९ मा रिलिज हुने

‘सम्हाली राख है’ कार्तिक २९ मा रिलिज हुने

  • 4.7K
    SHARES
  • काठमाडौं । आरएल मोक्तानको निर्देशन रहेको फिल्म ‘सम्हाली राख है’ कार्तिक २९ बाट प्रदर्शनमा आउने भएको छ । बितरकसँगको छलफलपछि फिल्मको रिलिज मिति कार्तिक २९ तय भएको निर्देशक आरएल मोक्तानले बताए । अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्म अहिले पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालील हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए । ‘नेपाली फिल्ममा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’ कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत फिल्मले दिने निर्माता महर्जनले बताए ।
     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - ०६:०५:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology