आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा सह-चालकले चलाएको बस धानखेतमा खस्यो, घाईते मध्ये ४ को अवस्था गम्भिर

धादिङमा सह-चालकले चलाएको बस धानखेतमा खस्यो, घाईते मध्ये ४ को अवस्था गम्भिर

  • 3.6K
    SHARES
  • धादिङ । धादिङको निलकण्ठ नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेशी तर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस निलकण्ठ नगरपालिकाको केरौंजामा सडकबाट धानखेतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

    images

    विहान साँढे ८ बजेको समयमा भएको दुर्घटनामा घाइते भएकाहरूमध्ये ४ जनाको अवस्था गम्भिर छ । घाइतेमध्ये ४ जनालाई जिल्ला अस्पताल धादिङमा प्रारम्भिर उपचारपछि थप उपचारका लागि काठमाडौं पठाईएको छ । एक जनाको भने जिल्ला अस्पताल धादिङमा नै उपचार भैरहेको प्रहरीको भनाई छ ।

    बसका चालकलाई नियन्त्रणमा लिइएको छ भने सहचालक फरार भएका छन् । अनुसन्धानबाट सहचालकले बस चलाएको पुष्टि भएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    २०७६ असोज १२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - २१:४३:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology