धादिङ । बेनिघाट रोराङ ५ बांदरेमोडमा सोमबार भएको दुर्र्र्घटनामा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चितवनबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जादै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाईकललार्ई ठक्कर दिदा मोटरसाईकल पछाडि बस्ने सिन्धुपाल्चोकका २९ वर्षिय राजिव गुरुङको मृत्यु भएको हो ।
घटनामा मोटरसाईकल चालक ईलाम बाजुकीका मिलन राई घाईते भएका छन् । उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भैरहेको छ ।
ठक्कर दिने स्वराज गाडी चालक धादिङ ज्वालामुखी ६ सुनखानी बस्ने वर्ष ३० को प्रेम नारायण श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको सुचना अधिकारी रुपक खड्काले बताएका छन् ।