आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौं भित्रिने र बाहिरिने सडकहरुमा चाप बढ्यो

काठमाडौं भित्रिने र बाहिरिने सडकहरुमा चाप बढ्यो

  • 4.5K
    SHARES
  • काठमाडौं। देशभरका मुख्य सडकहरुमा चाप बढेको छ । विशेषगरी काठमाडौं भित्रिने र बाहिरिने सडकहरुमा चाप बढेको हो । पृथ्वी राजमार्ग र अरनिको राजमार्गमा अत्याधिक चाप बढेको छ । राजमार्गमा चाप बढ्दा यात्रीले सास्ती भोगेका छन् । ट्राफिक प्रहरीलाई कामको चाप परेको छ ।

    images

    काठमाडौं प्रवेश गर्ने र बाहिरिने नाकाभन्दा केही किलोमिटरसम्म ओभरटेक गर्न रोक लगाइएको छ । यसले राजमार्गको सवारी व्यवस्थापन भएको छ । नागढुंगा नाकामा चाप घट्नुमा ओभरटेक रोक लगाइनु पनि कारण भएको छ ।

    दैनिक लाखौं मानिस काठमाडौंबाट बाहिरिंदा विगतमा भन्दा तेब्बर चाप बढेको हो । सबैभन्दा बढी चाप नागढुंगा क्षेत्रमा देखिएको छ । सडकमा अत्याधिक चाप बढेको र यात्रु समस्यामा परेको गुनासो आउन नदिन प्रहरीले हेल्प डेस्क राखेको छ ।

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - ०५:२९:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology