शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महराले फिर्ता गरे सुविधा, आवास छाडेनन् !

महराले फिर्ता गरे सुविधा, आवास छाडेनन् !

  • 5.0K
    SHARES
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी बिहीबार फिर्ता भएका हुन् ।

    images
    images

    महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महराले प्रयोग गर्ने तीन गाडीमध्ये एउटा फिर्ता गरे । उनलाई संघीय संसद् सचिवालयले उपलब्ध गराएको झन्डावाल गाडी फिर्ता भएको हो ।

    ‘झन्डावाला गाडी फिर्ता आएको छ, संघीय संसद्को सवारी शाखाका उपसचिव कान्छा दुलालले भने, ‘राजीनामालगत्तै गृह मन्त्रालयले गाडीको विषयमा हामीलाई सोधेको थियो ।’ सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहीबार दिउँसो संसद् सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको थियो ।

    महरालाई सचिवालयले एउटा गाडी दिएको थियो । उनको सचिवालयले थप एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यस्तै, गृह मन्त्रलायले कालो रंगको गाडी औपचारिक कार्यक्रममा प्रयोगका लागि दिएको थियो । उनले भने, ‘दुई गाडी भोलि (शुक्रबार) फिर्ता आउने जानकारी प्राप्त भएको छ ।’

    संघीय संसद्मै काजमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर, उनले अझै सांसद पद छाडेका छैनन् । नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

    सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने नछोडे पनि आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने फिर्ता गरेका हुन् । तर, बाहिर डेराको खोजीमा रहेकाले अहिलेसम्म सरकारी निवासमा नै रहनुपरेको सञ्चारविज्ञ मल्लले बताए । डेरा भेटिनेबित्तिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने उनले बताए । महराका प्रेस संयोजक मल्लले भने, ‘सचिवालय बैठकबाट सांसदबाट पनि राजीनामा दिने कुरा आएको सुनिएको हो । प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनेबारे केही सोचिएको छैन ।’ आजको राजधानी दैनिकमा खबर छ ।

    २०७६ असोज १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - १५:२१:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology