शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली सेना द्धारा चिनियाँ राष्ट्रपतिलाई गार्ड अफ अनर

नेपाली सेना द्धारा चिनियाँ राष्ट्रपतिलाई गार्ड अफ अनर

  • 6.2K
    SHARES
  •   काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए । काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्पे रागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ । चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
    २०७६ असोज २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - ०३:३०:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology