शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सम्राट नारुहितोले सम्हाले जापानको राजगद्दी

सम्राट नारुहितोले सम्हाले जापानको राजगद्दी

  • 5.8K
    SHARES
  • काठमाडौं । जापानका सम्राट नारुहितोले औपचारिक रुपमा राजगद्दी सम्हालेका छन् । आज एक भव्य समारोहमा परम्परागत विधि पूरा गरी उनले राजगद्दी सम्हालेका हुन् । पिता अकिहितोले गत बैशाखमा राजगद्दी त्यागेपछि उनका ५९ वर्षीय छोरा नारुहितो नयाँ सम्राट बनेका थिए । पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा सहभागी थिए । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजगद्दी आरोहण समारोहमा सहभागी भएकी छन् । नारुहितोले परम्परागत बस्त्र धारण गरेर साढे छ मिटर अग्लो ‘ताकामिकुरा’ भनिने राजगद्दीमा बसेका थिए । त्यहीँबाट उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा जिम्मेवारी वहन गर्ने शपथ लिएका थिए । यसैगरी प्रधानमन्त्री शिन्जो आबेले समारोहलाई सम्बोधन गर्दै सम्राट नारुहितोप्रति बधाई ज्ञापन गरेका थिए । समारोहमा सहभागीहरुले सम्राट नारुहितोको जयजयकार गर्दै चिरायूको कामना गरेका थिए ।
    २०७६ कार्तिक ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७६ बुधवार - ००:२०:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology