आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मेडिकल काउन्सिलको अध्यक्षमा प्रा .डा. कोइराला

मेडिकल काउन्सिलको अध्यक्षमा प्रा .डा. कोइराला

  • 5.0K
    SHARES
  • काठमाडौं । मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भगवान कोइराला नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा कोइरालालाई नियुक्ति गरेको हो। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो। प्रा.डा. कोइराला मुटुरोग उपचारमा अब्बल चिकित्सक मानिन्छन्। यसअघि प्रा.डा.कोइराला शहिद गंगालाल हृदयरोग उपचारकेन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसकेका छन्। हाल उनी मनमोहन कार्डियो भाष्कुलर तथा ट्रास्पलान्ट सेन्टरमा कार्यरत छन्। काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त्त थियो।
    २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७६ आइतवार - २२:५२:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology