शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनकोशी नदीमा बस दुर्घटना कम्तीमा ६ जनाको मृत्यु ,थप जानकारी आउन बाँकी

सुनकोशी नदीमा बस दुर्घटना कम्तीमा ६ जनाको मृत्यु ,थप जानकारी आउन बाँकी

  • 4.5K
    SHARES
  • काठमाण्डौँ । सिन्धुपाल्चोको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका(९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो। बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ। घटनास्थलमा ६ जनाको शव फेला परेको प्रहरीले बताएको छ । बस नदीमा पूरै डुबेको छ। मृतक संख्या बढ्नसक्ने बताइएको छ। घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ। बसमा कम्‍तीमा ३५ भन्दा बढी सवार रहेको प्रहरीको अनुमान छ। मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ। थप विवरण आउँन बाँकी छ।
    २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७६ आइतवार - २३:०१:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology