शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको सँख्या बढ्दै, ४७ जना घाइते

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको सँख्या बढ्दै, ४७ जना घाइते

  • 3.9K
    SHARES
  • काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद काफ्लेले जानकारी दिएका छन । दुर्घटनामा ४७ जना घाइते भएका छन् । नदीमा डुबेको बसको उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन । घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको डीएसपी काफ्लेले जानकारी दिए । नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्दारमा जुटेका थिए । प्रहरीका अनुसार केही यात्रुलाई नदीले बगाएको पनि हुन सक्न् आशंकामा खोजी जारी राखिएको छ ।
    २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७६ सोमवार - ००:१७:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology