शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

  • 4.4K
    SHARES
  •   काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका(९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । २०७६ कार्तिक १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७६ सोमवार - ०२:३०:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology