शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्केमा मोटरसाईकलको ठक्करबाट गुरुङ घाईते

धार्केमा मोटरसाईकलको ठक्करबाट गुरुङ घाईते

  • 4.5K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा मोटरसाईकलले ठक्कर दिँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ५ कुमरीका अन्दाजी ६५ वर्षिय कान्छा झाँर्की गुरुङ रहेका छन् । प्रदेश नम्बर ३-०२-००७-प-६७४१ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका गुरुङको ग्रिनसिटी अस्पताल काठमाण्डौँमा उपचार भैरहेको छ । उनको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । २०७६ कार्तिक २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७६ शुक्रवार - ०१:५१:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology