बैरेनी । धादिङको गल्छि ६ बैरेनी स्थित महेशदोभानमा भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन् । बिहान २ बजेको समयमा विरगन्ज बाट काठमाण्डौँ तर्फ आईरहेको ना ५ ख १८२१ नम्बरको बसले विपरित दिशामा गुडिरहेको बा ९९ प ८८७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाईकल चालक गल्छि ४ बेल्खु बस्ने १७ वर्षिय सन्दिप श्रेष्ठ गभ्रि घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते श्रेष्ठको स्थानिय स्वास्थ्य सँस्थामा उपचारपछि काठमाण्डौँको ग्रान्डी अस्पतालमा उपचार भैरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।
२०७६ कार्तिक २२ गते प्रकाशित