शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बल्खु–दक्षिणकाली सडक विस्तारको काम एक महिनाभित्र सम्पन्न हुने

बल्खु–दक्षिणकाली सडक विस्तारको काम एक महिनाभित्र सम्पन्न हुने

  • 5.3K
    SHARES
  • काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबैभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे बल्खु–दक्षिणकाली सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ । सडकका कतिपय खण्ड अहिले पनि नाजुक भइरहँदा एक महिनामा सम्पन्न हुनेमा अझै ढुक्क हुने अवस्था छैन । यो सडक खण्ड निर्माण हुन नसक्दा वर्षात्को समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका स्थानीयवासी र यो सडक भएर यात्रा गर्ने यात्रु सास्ती बेहोर्दै आएका छन् । वाक्क भएका स्थानीय बासिन्दा तथा यात्रुको स्वास्थ्यमा समस्या उत्पन्न हुने खतरा बढ्दो छ । त्यसैगरी वीरगञ्ज, हेटौँडालगायत तराईका जिल्लाबाट उपचारका लागि बिरामी बोकेर काठमाडौँ आउने जाने एम्बुलेन्सलाई यस सडकले असहज बनाएको छ । काठमाडौँबाट बल्खु–फर्पिङ–छैमले–कुलेखानी–देउराली हुँदै हैटौँडासम्म आउन जानका लागि छोटो दूरीका रूपमा रहेको यो सडकको विस्तार तथा स्तरोन्नति कार्य मङ्सिरभित्र सम्पन्न हुने जानकारी सडक योजनाका प्रमुख जगत प्रजापतिले दिए । “यस सडकखण्डमा कालोपत्रे गर्ने काम डेढ किलोमिटर मात्र बाँकी छ”, उनले भने, “विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा छ, यसको अधिकांश काम सम्पन्न भइसकेको छ, अबको एक महिनाभित्र यसको सम्पूर्ण काम सम्पन्न हुने छ । ” भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाअन्तर्गत चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहदेखि दक्षिणकालीसम्म यो सडकखण्ड विस्तार हुन लागेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
    २०७६ कार्तिक २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७६ शनिवार - १६:२२:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology