शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्के-सितापाइला सडक : राजधानी प्रवेश गर्ने मुख्य वैकल्पिक मार्ग, निर्माण पुरा कहिले ?

धार्के-सितापाइला सडक : राजधानी प्रवेश गर्ने मुख्य वैकल्पिक मार्ग, निर्माण पुरा कहिले ?

  • 8.8K
    SHARES
  • धार्के । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धार्के सितापाईला सडक राजधानी भित्रने महत्वपुर्ण बैकल्पिक मार्ग भएकोले राज्यले सो सडकलाई मुख्य प्राथामिकतामा राख्नुपर्ने बताउनुभएको छ । अब पनि कुनै बहानामा धार्के सितापाईला सडकलाई पछि धकेल्ने प्रयास गरिए सबै जनता मिलेर दवाव सिर्जना गर्नुपर्ने उहाँको भनाई छ । विँस.२०५१ सालदेखी खनिएको बाटोले पुर्णता नपाउनु दुखद रहेको स्थानिय सरोकारवाला हरुले बताउँदै आएका छन् । यसैबिच उक्त सडक खण्डमा सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले वातावरणिय प्रभाव मुल्याङ्कन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम पनि गरिसकेको छ । वातावण प्रभावसम्बन्धी मुल्याङ्कन गर्ने जिम्मेवारी लिएको आईएमएस टोटल म्यानेजम्यान्ट सर्भिसेस प्रा.लि. ले धार्के सितापाईला सडकको हालको अवस्था, स्थानियको गुनासो तथा सुझाव संकलन, वातावण प्रभावका सम्बन्धमा धादिङको धुनिबेशी नगरपालिका र काठमाण्डौँको नागार्जुन नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । दुबै कार्यक्रममा सहभागीले जनताले हिलो, धुलोसहित कष्ट ब्यहोर्नु परिरहेको धारणा राखेका छन् । अहिले स्तरोन्नतीको क्रममा रहेको उक्त सडकमा गत असार यता कुनै पनि काम भएको छैन भने काम गर्ने अधिकार पाएको ठेकेदार कम्पनिहरु सम्पर्कमा नभएको स्थानियहरुको भनाई छ । राजधानी भित्रीने महत्वपुर्ण सडक हुँदा हुँदै पनि समयमा निर्माण पुरा हुनेमा भने स्थानियको नै आशँका छ । कलंकी–नौबिसे सडकखण्डमा हुने सवारी चाप र विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सरकारले सितापाईला–धार्के सडकखन्ड निर्माण गरी सवारी चलाउने बताएको थियो । ठेकेदार कम्पनिहरु कोशि एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका दुवै ठेकेदारको लापरबाहिका कारण यो सडक खण्डको निर्माण पुरा हुने अझै अनिश्चित छ ।
    २०७६ मँसिर ३ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - ०१:०८:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology