शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कङ्गोमा विमान दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

कङ्गोमा विमान दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

  • 4.0K
    SHARES
  • काठमाण्डौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएका छन् । उक्त विमान गोमा सहर स्थित घरहरुमा ठोक्किएको थियो। मृत्यु हुनेमा घर र त्यसको वरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ जना यात्रु र दुई जना चालक दलका सदस्य थिए। विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन। तर केही स्रोतहरुले भने उड्ने बित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताइएका छन्। घटना लगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटना भएको स्थानमा पुगेका थिए। विमानले असर पारेका घरमा दुर्घटना हुँदा कति जना थिए भन्ने कुराको यकिन हुन सकेको छैन। सुरक्षा सम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुर्‍याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ जसकारण त्यहाँका व्यावसायिक विमानहरू माथि युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ। -बिबिसी
    २०७६ मँसिर ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७६ सोमवार - ०४:४६:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology