शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अफगानिस्तानमा आक्रमण, १५ सर्वसाधारणको मृत्यु

अफगानिस्तानमा आक्रमण, १५ सर्वसाधारणको मृत्यु

  • 3.6K
    SHARES
  • काबुल। उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ। सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारी साधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिनु भएको छ। ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको यस आक्रमणमा परी ६ महिला, एक पुरुष र आठ बालबालिका मारिएको रहिमले बताए। यस क्षेत्रमा तालिबानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमित झैं झडप हुने गरेको छ। तालिबान लडाकूहरुले सेप्टेम्बरको शुरुमा प्रान्तीय राजधानी कुन्दुजमा पनि आक्रमण गरेका थिए, तर कब्जा गर्न सकेनन्। यद्यपी तालिबानले सन् २०१५ को सेप्टेम्बरबाट केही भाग भने कब्जा गर्दै आएका छन्। -एजेन्सी
     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०७६ बिहिवार - २३:०७:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology