शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिम्बु भाषा चलचित्रको अवार्ड हुने

लिम्बु भाषा चलचित्रको अवार्ड हुने

  • 5.1K
    SHARES
  • काठमाण्डौँ । लिम्बु भाषामा बनेका चलचित्रका कलाकार तथा प्रविधिकहरुलाई अवार्ड प्रदान गरिने भएको छ । आईतबार उक्त अवार्डका लागि मनोनितहरुलाई मनोनयन पत्र वितरण गरियो। फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा। लि। र नेपाल चलचित्र युवा मञ्च ले संयुक्त रुपमा आयोजना गर्न लागेको तेस्रो एफएलएफ अवार्डका लागि “मनोनयन पत्र बितरण तथा सम्मान कार्यक्रम”मा लिम्बु भाषाका चलचित्र र म्यूजिक भिडियोबाट विभिन्न विधामा उत्कृष्ट चार को मनोनयनमा पर्ने कलाकर्मीहरुलाई मनोनयन पत्र बितरण गरिनुका साथै सञ्चारकर्मी उदयराज शर्मा, एम। पि। सुब्बा लगायत विभिन्न कलाकर्मी तथा समाजसेवीलाई सम्मान गरिएको थियो। अर्वाड वितरण कार्यक्रम आउदो पौष २० गते राष्ट्रिय सभागृहमा हुनेभएको छ भने करिव २४ बिधामा अवार्ड प्रदान गरिने भएको छ । भाषा, संस्कृति कला, साहित्य र बिभिन्न जात जातिका श्रृजनाहरुले मान्यता पाउनुपर्ने र त्यसका लागि आफुहरु लागिपरेको अवार्ड आयोजक संस्थाका अध्यक्ष दिनेश लिङदेनले बताए।
     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:३१:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology