शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ट्रम्पमाथिको महाभियोग प्रस्ताव न्यायीक समितिबाट पारित, प्रस्ताव अब संसदमा औपचारिक रुपमा प्रवेश

ट्रम्पमाथिको महाभियोग प्रस्ताव न्यायीक समितिबाट पारित, प्रस्ताव अब संसदमा औपचारिक रुपमा प्रवेश

  • 3.2K
    SHARES
  • काठमाण्डौँ । अमेरिकी तल्लो सदनको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी औपचारिक अभियोगहरु पारित अर्थात प्रमाणिकरण गरेको छ । सदनको न्यायीक समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी दुई बुँदे अभियोगसहितको प्रस्ताव पारित गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अब ट्रम्पमाथिको महाअभियोग प्रस्ताव तल्लो सदनमा मतदानको प्रक्रियामा जाने भएको हो । डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको न्यायीक समितिमा पार्टी लाइन अनुसार नै मतदान भएको हो । समितिमा डेमोक्र्याटको बहुमत छ र उनीहरुले महाअभियोग प्रस्ताव पारित गरेर सदनमा पूर्ण मतदानका लागि अघि बढाउन मार्ग प्रस्तत गरेका हुन् । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा आउँदो हप्ता मतदान हुने जनाइएको छ । डेमोक्र्याटिक नेताहरुले सांसदहरुसंग महाभियोग प्रस्तावमा आफ्नो विवेकको प्रयोग गरेर मात्रै मतदान गर्न आग्रह गरेका थिए । न्यायीक समितिमा शुक्रबार सुनुवाईपछि भएको मतदानमा प्रस्तावको पक्षमा २३ र विपक्षमा १७ मत परेको हो । डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा महाअभियोगको सामना गर्ने चौथो राष्ट्रपति हुन् । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै सुरु भएको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा यो अति महत्वपूर्ण कदम हो । अब महाअभियोग प्रस्तावले संसदमा औपचारिक रुपमा प्रवेश पाएको छ । डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनबाट पास भएमा महाअभियोग सम्बन्धी प्रस्ताव रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा ट्रायलका लागि प्रस्तुत हुनेछ । ट्रायलको प्रक्रिया जनवरीको सुरुमा सुरु हुन सक्नेछ । २०७६ मँसिर २८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०७६ शनिवार - १४:३३:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology