शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सर्ट फिल्म ‘सल्युट’ को विशेष प्रदर्शनी

सर्ट फिल्म ‘सल्युट’ को विशेष प्रदर्शनी

  • 7.1K
    SHARES
  • काठमाडौं । श्रीमान्–श्रीमती दुवै प्रहरी पेशामा आबद्ध छन्। दुवै प्रहरी हवल्दार। तर, राम्रो काम प्रदर्शनका कारण श्रीमतीको लगातार दुईपल्ट बढुवा हुन्छ– असई हुँदै सईसम्म। उता श्रीमान्को तह भने जस्ताको तस्तै। श्रीमतीको बढुवासँगै श्रीमान्ले श्रीमतीलाई सल्युट हान्नुपर्ने अवस्था सिर्जना हुन्छ। उसलाई साथीहरुले ‘ओइ भाउजुलाई सल्युट गर’ भन्दै जिस्काउन थाल्छन्। त्यसपछि श्रीमान्मा सुरु हुन्छ, श्रीमतीको सफलताप्रति ‘इगो’को भाव। आइतबार काठमाडौं, चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा देखाइएको सर्ट फिल्म ‘सल्युट’को कथासार हो यो। यो फिल्ममा अस्कल फिल्म कलेजका आशुका अर्याल, नेपाल फिल्म एकेडेमीका अम्बिका भण्डारी र मेरोन राजभण्डारी सँयुक्त रुपमा निर्देशन गरेका हुन्। सब्बु सुवेदीको पटकथामा भनेको फिल्ममा एभरेष्ट फिल्म एकेडेमीका संजिता लामा र प्रिया राजकर्णिकारको छायांकन रहेको छ। आभाष इन्स्टिच्युटकी मनीषा धमालले सम्पादन गरेको फिल्ममा महिला सशक्तिकरण समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले निर्देशनमा सहयोग गरकी छिन्। त्यस्तै जया ओझाले सब्बुलाई स्क्रिप्ट लेखनमा सहयोग गरिन्। फिल्ममा मोहन चाम्लिङ र शेसुका राई प्रहरी श्रीमान–श्रीमतीको भूमिकामा छन्। उनीहरु अलावा बसन्त रिजाल, चन्द्रा थापा,ओमकृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ लगायतको अभिनय छ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले महिलालाई फिल्म निर्माणमा सक्रिय बनाउन आफूले महिला शसक्तिकरण समितीमार्फत पहल गरिरहेको बताए। हाल शबनम मुखिया संयोजक रहेको यस महिला चलचित्रकर्मी सशक्तिकरण समितीमा निर्देशक संगीता श्रेष्ठ, फिल्म लेखक जया ओझा, फिल्म पत्रकारहरु रीना मोक्तान, गीता अधिकारी र सबिता पोखरेल सदस्य छन्। त्यस्तै बोर्डका तर्फबाट अधिकृत निर्मला चौलागाई सहभागी छिन्। २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - ०१:५२:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology