शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागरिकता संशोधन विधेयक : आन्दोलनमा ६ जनाको मृत्यु, रेल्वे स्टेसनमा हजारौं यात्रुको बिचल्ली

नागरिकता संशोधन विधेयक : आन्दोलनमा ६ जनाको मृत्यु, रेल्वे स्टेसनमा हजारौं यात्रुको बिचल्ली

  • 4.2K
    SHARES
  • काठमाण्डौँ । नागरिकता संशोधन विधेयक विरुद्ध पूर्वोत्तर भारतको असम राज्यका विभिन्न स्थानमा गत सातादेखि चर्किएको आन्दोलनले त्यहाँ जनजीवन प्रभावित भएको छ। असमको गुवाहटी, तीनसुकिया, डिब्रगढलगायत क्षेत्रमा यातायात, स्कुल, कलेज र उद्योगधन्दा ठप्प छन्। यातायातका साधन नचल्दा विभिन्न गन्तव्यमा हिँडेका हजारौं यात्रुको बिचल्ली भएको छ। यस्तै न्यु जलपाइगढीको रेल्वे स्टेसनमा विभिन्न ठाउँ जान हिँडेका हजारौं यात्रु अलपत्र परेका छन्। यसअघि असममा प्रदर्शनकारी र पुलिसबीच झडप हुँदा असमको गुवाहटीलगायत विभिन्न क्षेत्रमा ६ जनाको ज्यान गइसकेको छ। सोमबार बिहानैदेखि असम, मेघालय, शिलङ, कोलकातालगायत भारतका विभिन्न स्थानमा क्याबविरुद्घ आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्। २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - १८:४५:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology