शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

  • 4.9K
    SHARES
  • काठमाण्डौ । हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने भएको छ । ५२ वर्षीय भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको थियो । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले बताएको छ । उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो । उहाँका श्रीमती र एक छोरा रहेका छन् ।
    २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - १९:१७:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology