काठमाडौं । नेपालको मौलिक कमेडि रियालिटी शो ‘कमेडी च्याम्पियन’को लोकप्रियता बढ्दै गएको छ । पहिलोपटक प्रतिस्पर्धामार्फत सुरु भएको यो सोको आठौं इपिसोडसम्म आइपुग्दा सातौं इपिसोड नेपालको युट्युव ट्रेन्डिङमा आएको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका उत्कृष्ट दशमा आदर्श मिश्र, अमोद अर्याल, अनिल राई, बिष्णु प्रसाद गौडेल, हिमेश पन्त, क्षितिज केसी, प्रनेश गौतम, सजन श्रेष्ठ, सुमन कार्की, सुमन कोइराला पर्न सफल भएका छन् ।
https://youtu.be/i3-8GWYJEZk
‘कमेडी च्याम्पियन’मा बिजेता बन्नेले नगद २५ लाख पाउनेछन् । यस रियालिटी शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् ।
२०७६ पौष ०४ गते प्रकाशित
प्रकाशित मिति :पौष ४, २०७६ शुक्रवार -
१८:१९:३५ बजे