काठमाडौँ: अस्ट्रेलिया बस्दै आएकी कार्यक्रम प्रस्तोता तथा गायिका आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्ने भएकि छिन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय समेत गरि सकेकी छन् ।


नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेकी छिन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउँछिन । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् । उनलाइ नयाँ चलचित्रबाट अफर आइ रहेको छ। छिट्टै अर्को चलचित्रमा पनि लिड रोलमा देखिने भएकी छिन् ।