आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

औषधि पसल विस्तार गर्ने तयारीमा राष्ट्रिय ट्रमा सेन्टर

औषधि पसल विस्तार गर्ने तयारीमा राष्ट्रिय ट्रमा सेन्टर

नागरिक पाटी

२२, माघ २०७६
  • 7.2K
    SHARES
  • काठमाण्डौ । राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन अहिले एउटा मात्रै पसल रहेकामा थप दुई वटा खोल्ने तयारी गरेको छ । अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ पसल स्थापना गर्ने जनाएको छ । माथिल्लो तहमा रहेका पसलले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कायममुकायम प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रमोदकुमार यादवले बताउनुभयो । अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्ने बताएको छ ।
    २०७६ माघ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७६ बुधवार - ०४:२०:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology