आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

के कोरोनालाई ब्रुफेन र सिटामोलले ठिक हुन्छ ?

के कोरोनालाई ब्रुफेन र सिटामोलले ठिक हुन्छ ?

नागरिक पाटी

६, चैत्र २०७६
  • 7.5K
    SHARES
  • काठमाण्डौँ । यदि तपाईं सामाजिक सन्जालमा आएका सबै कुराहरुमा विश्वास गर्नुहुन्छ भने पछिल्लो समय पक्कै कोरोना भाइरस संक्रमण र यसबारे अनेक कुराहरु हेर्नुभएको होला । सामाजिक सन्जालमा अहिले विश्वमा त्रास बनिरहेको कोरोना भाइरसको रोकथामका विषयमा अनेक समाचार आइरहेका छन् । कतिपयले त ब्रुफेन खाँदा वा सिटामोल खाँदा पनि कोरोना भाइरस संक्रमण रोक्न सकिने बताइरहेका छन् । अनि यस्ता मेसेज हाम्रा मेसेन्जर यापहरुमा पनि आइरहेका छन् । तर, के साँच्चिकै ब्रुफेन, ब्रुसेट वा सिटामोल खाँदा कोरोना भाइरस लाग्दैन त ? विश्वका विभिन्न देशमा अहिले कोरोना भाइरसबारे अध्ययन भइरहेको छ । तर, कुनै पनि देशमा अध्ययन गरिरहेकाहरुले ब्रुफेन खाँदा कोरोना भाइरस ठिक हुन्छ भन्ने अभिव्यक्ति दिएका छैनन् । त्यस्तै, सिटामोल खाँदा कोरोना भाइरसका देखिएका लक्षण ठिक हुन्छन् भन्ने पनि कसैले बताएका छैनन् । त्यसैले यो सब अहिलेका लागि हल्लामात्र हुन् । बरु अहिले सामान्य ज्वरो आउँदा वा शरीर दुख्दा पनि औषधी खाने बानी भएकाहरुले एक पटक चिकित्सकसँग परामर्श गरेर मात्र अगाडि बढ्नु पर्ने धारणा बाहिर आएका छन् । अनि अहिले औषधी खाइरहेकाहरुले कुनै औषधी खान छोड्ने हो भने पनि एक पटक चिकित्सकसँग सल्लाह गर्नै पर्ने हुन्छ । नेपाली बजारमा पनि सिटामोल र ब्रुफेन दुवै लोकप्रिय औषधी हुन् । यी दुवै औषधी हामीले ज्वरो आउँदा प्रयोग गरिरहेका हुन्छन् । तर, यस्तो समयमा पनि हामीले यसको साइड इफेक्टबारे चाहिँ बेवास्ता गरिरहेका हुन्छौँ । तर, अहिले विश्वमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट रोक्नका लागि ब्रुफेन वा सिटामोल प्रभावकारी देखिएको छैन । यदि तपाईंलाई पनि चिकित्सकले यी औषधी नखानू भन्ने सल्लाह दिएका छन् भने यी औषधीको सेवन तपाईंहरुले गर्नु नै हुँदैन । - फरकधार

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७६ बिहिवार - २०:२७:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology