आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाईरस : गल्छि गाउँपालिकाद्धारा बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थलको निर्माण

कोरोना भाईरस : गल्छि गाउँपालिकाद्धारा बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थलको निर्माण

नागरिक पाटी

७, चैत्र २०७६
  • 11.6K
    SHARES
  • बैरेनी । धादिङको गल्छि स्थित बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि क्वारेन्टाईन स्थलको निर्माण गरिएको छ । गल्छि गाउँपालिकाको सहयोग र समन्वयमा क्वारेन्टाईन स्थलको निर्माण गरिएको हो । अहिले क्वारेन्टाईन स्थल स्थापनाको काम तिव्र भईरहेको छ । आज बेलुका सम्म काम सम्पन्न हुने जनाईएको छ । हाल विश्वभर कोरोना भाइरसको संक्रमण देखिएका बेला त्यसको सम्भावित जोखिमबाट सतर्क रहन २५ वडा बेड र आवश्यक औषधि उपकरण सहितको क्वारेन्टाईन स्थलको स्थापना गरिएको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभयो । विश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा श्रेष्ठले जोड दिनुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७६ शुक्रवार - २१:५३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology