शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड–१९ बाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

कोभिड–१९ बाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

नागरिक पाटी

१०, चैत्र २०७६
  • 4.2K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस  (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ । उता, चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यीमध्ये ३ हजार १ सय ५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । हुबेई कोरोना संक्रमणको उद्गम स्थल हो । स्पेनका लागि पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । बीबीसीका अनुसार, हालसम्म यहाँ १ हजार ७ सय ७२ मानिसको ज्यान गइसकेको छ । मध्यपूर्वको देश इरानमा हालसम्म १ हजार ६ सय कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१ हजार ६ सय ३८ मानिस संक्रमित रहेको बताइएको छ । त्यस्तै, इटलीका ५९ हजार १ सय ३८, अमेरिकाका ३३ हजार २ सय ७६, स्पेनका २८ हजार ७ सय ६८ र जर्मनीका २४ हजार ८ सय ७३ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । ३६० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना फैलन थालेपछि भारतले २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७६ सोमवार - १७:४४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology